Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घन्टायता १८०० कोरोना संक्रमित डिस्चार्ज


    शनिबार, कार्तिक १ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । २४ घण्टायता १ हजार ८ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर डिस्चार्ज हुनेको जम्मा संख्या ८९ हजार ८ सय ३७ पुगेको छ। 

    आज देशभर ३ हजार १ सय ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ। 

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ। 

    आज देशभर ३७ हजार ७३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार