Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • तोलामा तीन सयले घट्यो सुनको मूल्य,चाँदीको कति?


    बुधबार, मंसिर २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय र चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको छ।

    बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यो साता सुनको मूल्य आइतबार तोलामा १३ सय, सोमबार पाँच सय र मंगलबार प्रतितोला सात सय रूपैयाँले घटेको थियो।

    मंगलबार स्थिर रहेको चाँदीको मूल्य आज १० रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार