काठमाडौं । प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् ।
कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा थाइल्यान्ड पठाई त्यहाँबाट झुक्याएर म्यानमार पु¥याइएका युवालाई बन्धक बनाई दैनिक १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङ गर्न बाध्य पारेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा अङ्ग्रेजी टाइपिङ गर्नुपर्ने भन्दै गुरुङले पीडितहरूलाई काठमाडौँस्थित आफ्नो घरमै बोलाई अङ्ग्रेजीको टाइपिङको जाँचसमेत लिएकी थिइन् ।
टाइपिङमा पास भएका भनिएका युवासँग जनही दुई लाख ६० हजार रुपियाँका दरले असुल गरेका गुरुङसहितको गिरोहले म्यानमार पुर्याएपछि पीडितहरूलाई अमेरिकी नागरिकलाई अनलाइनमार्फत बिटकोइनलगायतका भर्चुअल करेन्सीबाट ठगी गर्न लगाउने गरेको खुलेको छ ।
म्यानमार पु¥याएर बन्धक बनाएको स्थानमा चारैतिरबाट सुरक्षा गार्डले पहरा दिने गरेको र सिसिटिभी क्यामराबाटसमेत निगरानी गरी चरम श्रम शोषण गरेको पाइएको पङ्गेनीले जानकारी दिए ।
सो गिरोहले पीडतहरूलाई म्यानमारबाट नौ महिनामा नेपाल फर्कन आठ लाख रुपियाँ फिरौतीसमेत लिएको खुलेको छ । विदेशी नागरिकलाई कम्पनीले भने अनुसार ठगी गर्न नसक्नेलाई कुटपिट गर्ने, विद्युतीय झड्का लगाउने जस्ता चरम शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ । फेसबुक, ह्वाटसएप, ट्विटर जस्ता सामाजिक सञ्जालमार्फत अमेरिकी, युरोपेली नागरिकलाई ट्र्यापमा पार्ने, भर्चुअल करेन्सीमा लगानी गर्ने भनी झुक्याएर ठगी गर्न बाध्य पारेको पाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend