काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा की केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी सामाजिक सञ्जालमार्फत हिजो बिहीबार गराउनुभएको हो।
पूर्वमन्त्री चौधरीले लेख्नुभएको छ, “बिरामी पनि कस्तो अचम्म १ कोबिड १९ ले मलाई पनि छाडेन । त्यसैले यो तीन–चार दिन यता मेरो सम्पर्कमा आउनु हुने ब्यक्तिहरु कन्ट्याक टेष्ट अर्थात साबधानी अपनाउनु होला मेरो रिपोर्ट पोजिटिभ आएको छ ।” उहाँले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउनुभएको छ ।