Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शुक्रबार थपिए ४३ सय ९२ जनामा कोरोना पुष्टि


    शुक्रबार, असोज ३० २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ५ सय २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

    पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ भने ४ हजार ८ सय ८ जना क्वारेन्टिनमा छन्।

    पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार