Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः बलात्कारका घटनामा दबाब आउन सक्छ, टाढै रहनु !


    शुक्रबार, असोज ३० २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै किसिमका हिंसा सह्य नहुने बताएका छन् । शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एसिड आक्रमणविरुद्ध कडा कानुन ल्याएको बताएका छन् ।

    त्यस्तै उनले बलात्कारविरुद्ध कडा कानुन ल्याउन पनि जानकारी दिए । प्रधानमन्त्री ओलीले बलात्कारका घटना छोपछाप नपार्न र कुनै दबाब र प्रभावमा नपर्न पनि प्रहरीलाई निर्देशन दिएका छन् ।

    ‘बलात्कार घटनाहरु अत्यन्त निन्दनिय मानवता विरोधी अपराधहरु त्यस्ता अपराध नियन्त्रण गर्न कडा कानून ल्याउन लागिरहेका छौं । यस्ता अपराधविरुद्ध निर्भिकताका साथ खट्न आग्रह गर्दछु । बलात्कार घटनाहरु मिलापत्रका नाममा छोपछाप पार्ने काम कुनै पनि किसिममा उचित हुँदैनन र सह्य पनि हुने छैनन’, उनले भने, ‘म प्रहरीलाई भन्न चाहान्छु, सामािजक दबाब आउन सक्छ । भनसुन र विभिन्न खाले प्रभावहरुको प्रयोग हुनसक्छ । त्यस्ता कुराहरुबाट टाढै रहनुपर्दछ । कानुन कार्यान्वयनमा चनाखो भएर लाग्नुपर्दछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार