काठमाडौँ। उत्तर प्रदेशको रायबरेलीमा डिप्रेसनबाट पीडित एक डाक्टरले आफ्ना दुई छोराछोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन्। उक्त घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले सबै शव आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको छ।
डिप्रेसनबाट पीडित ती पुरुषले पहिले श्रीमती र छोराछोरीको हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्राप्त जानकारी अनुसार रायबरेलीका एक डाक्टरले आफ्नी श्रीमती र दुई निर्दोष बच्चाको हत्या गरी झुण्डिएर आत्महत्या गरेको आरोप लागेको छ।
यो घटना आइतबार भएको बताइएको छ। त्यसपछि उक्त क्षेत्रमा डाक्टर र उनको परिवार देखिएन। दुई दिनसम्म अस्पताल नआएपछि डाक्टरका सहकर्मी उनको घर पुगेपछि घटनाबारे थाहा पाएका थिए।
एकै परिवारका चारजनाको मृत्युको घटनाले सो क्षेत्र त्रसित बनेको छ। घटनाको जानकारी पाएपछि रायबरेलीका एसपी आलोक प्रियदर्शीसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको नजिकबाट निरीक्षण गरेको थियो।
सो क्रममा प्रहरीले मृतकको शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ। पहिले बालबालिकालाई मादक पदार्थ खुवाएर बेहोस बनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। त्यसपछि डाक्टरले श्रीमतीको पनि हत्या गरेका थिए।
जानकारी दिँदै एसपी आलोक प्रियदर्शीले आँखा विशेषज्ञ डाक्टर डिप्रेसनबाट पीडित रहेको बताए। छोराछोरीको हत्यापछि बाबुले हातको नस काटेर आत्महत्या गर्ने प्रयास गरे पनि सफल नभएपछि उनले झुण्डिएर आत्महत्या गरेका हुन्। बालबालिकामा १४ वर्षकी बालिका र ४ देखि ५ वर्षका बालक रहेका छन् भने उक्त मृत्युको कारण पोष्टमार्टम पछि खुल्नेछ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend