Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैदिन तोलामा २४ सयले घट्यो सुनको मूल्य


    मंगलबार, मंसिर १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुन तोलाको एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको हालसम्मकै उच्च एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलाको एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार