Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नक्कली भिसा देखाएर लाखौं ठगी गर्ने दुई जना पक्राउ


    बिहिबार, असोज २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। महानगरिय अपराध महाशाखाले क्रोएसियामा रोजगारीका लागि पठाउने भन्दै नक्कली भिसा देखाएर  ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा सप्तरी घर भइ काठमाडौं बस्ने मोहम्बद सहजाद आलम र सिन्धुली घर भइ काठमाडौं बस्ने सुक्मान वाइबा रहेका छन्।

    उनीहरुले नौ जना व्यक्तिहरुसँग प्रतिव्यक्ती ३ लाख ७ हजारका दरले ठगी गरेको खुलेको छ।

    पक्राउ परेका दुबै जनालाई थप कारवाहीका लागि महानगरिय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार