काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई ‘मिसन ८४’ भनेको के हो भनेर प्रश्न गरेका छन्।
अछाममा कांग्रेसले आज गरेको कार्यक्रममा बोल्दै शर्माले ०८४ मा चुनाव हुने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए।
‘दुई-तीन दिनअघि तपाईंहरूको जिल्लामा मेरो जिल्लावासी, बडेबडे झापाली आउनुभएको थियो। तपाईंहरूलाई रमाइलो भयो कि नरमाइलो थाहा भएन। आज फेरि अर्को झापाली तपाईंहरूको जिल्लामा आएर उभिएको छ। बडेबडे झापालीको मूल लक्ष्य मिसन ८४ भन्नुभएको छ,’ ओलीलाई लक्षित गर्दै शर्माले भने, ‘एउटा नयाँ पार्टी रवि लामिछानेजीको नेतृत्वमा संसदमा उभिएको छ, राम्रै भूमिका खेलेको छ। उसले पनि मिसन ८४ भन्दैछ। मिसन ८४ भनेको के हो? के कांग्रेसले २००७ सालमा राणाशासन ढालेर जनतालाई स्वतन्त्रता दिएकोजस्तै हो? होइन।’
०८४ सालमा चुनाव हुने शर्माको भनाइ छ।
‘न २००७ सालको क्रान्ति, न हिंसाबाट शान्ति’ जम्माजम्मी ०८४ मा चुनाव हुन्छ। चुनाव हुने कुन ठूलो कुरा भयो?,’ उनले प्रश्न गरे, ‘चुनाव पहिला पनि हुन्थ्यो। अब पनि हुन्छ। अब्बल विद्यार्थी त्यो होइन, जसले परीक्षाको चिन्ता गर्छ। अब्बल विद्यार्थी त्यो हो जसले पढाइको चिन्ता गर्छ। जिम्मेवार राजनीतिक दलले मस्तिष्कमा सधैं चुनाव भनेर राख्न हुन्न। चुनावको ओलीजी र लामिछानेजीलाई शुभकामना छ।’
राजनीतिक दलले एकपछि अर्को चुनावको मात्र चिन्ता गरेकोमा जनताले प्रश्न गर्नुपर्ने शर्माले बताए। उनले कांग्रेस मिसन ८४ को घोषणामा नभएको पनि बताए।
‘०८४ को वैशाखतिर चुनाव घोषणा होला त्यतिबेला चिन्ता गरौंला,’ शर्माले भने, ‘तर अहिलेलाई हामीले ०८० को चिन्ता गरौं। बाटो, बिजुली के-के गर्न बाँकी छ, काम गरौं। मंगलसेनको दरबार किन बनेन भनेर जनताले सोधिरहेछन्, ०८४ पछि खोज्ने?’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend