Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुग्यो, बिहीबार मात्रै १९ जनाको मृत्यु


    बिहिबार, असोज २९ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु भएको छ। 

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ। 

    यस्तै, बिहीबार नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। संक्रमितमध्ये ८४ हजार ५१८ जना निको भएर घर फर्किएका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार