Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • बागलुङमा बिहीबार थपिए ५१ जना कोरोना संक्रमित


    बिहिबार, असोज २९ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागलुङमा बिहीबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार संक्रमित हुनेमा १४ जना नेपाल प्रहरी, २० जना नेपाली सेना छन्।

    यस्तैगरी काठेखोला गाउँपालिका ६ का दुई, तमानखोला गाउँपालिकाका ६, बागलुङ नगरपालिका ४ का एक पुरुष र अन्य ८ जनामा संक्रमण पुष्टि भएको हो। 

    योसहित बागलुङमा कोरोना संक्रमितको संख्या ५ सय ८५ पुगेको छ। जसमध्ये ३ सय ८८ जना कोरोनामुक्त भैसकेका छन्। त्यस्तै, दुई जनाको कोरोना संक्रमणको कारण मृत्यु भैसकेको छ।

    बिहीबार मात्र गण्डकी प्रदेशमा थप ९७ जनालाई कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार