एजेन्सी । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीको नयाँ अध्यक्षमा ब्यारिस्टर गौहर अली खान निर्विरोध नियुक्त भएका छन् । उनलाई जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पार्टीका पूर्व अध्यक्ष इमरान खानले मनोनयन गरेका थिए । हाल इमरान खान रावलपिंडीको अदियाला जेलमा छन् ।
अध्यक्षमा निर्वाचित भएपछि गौहर अली खानले भने, ‘म पदमा रहेसम्म इमरान खानको प्रतिनिधित्व गर्नेछु ।’ उनले इमरान खान आजीवन पीटीआईको अध्यक्ष थिए, छन् र रहने बताएका छन् ।
गौहरले अध्यक्ष पद आफूसँग नासोको रूपमा रहेको र इमरान खान जेलबाट बाहिर आउनेबित्तिकै आफूले हस्तान्तरण गर्ने बताए । इमरान खान लामो समयदेखि जेलमा रहेकाले यसअघि निर्वाचन आयोगले पार्टीलाई अध्यक्ष पदका लागि निर्वाचन गराउन २० दिनको समय दिएको थियो ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend