काठमाडौं । ग्यास सिलिन्डर विस्फोट हुँदा काठमाडौंको नयाँ बजारमा तीनजना गम्भीर घाइते भएका छन् ।
बिहीबार नयाँबजार फलफूल बजार नजिकको घरमा विस्फोट भएको हो । घटनामा तीनजना गम्भीर घाइते भएको र घरमा ठूलो क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले जानकारी दिए ।
घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।