Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • बंगलादेशमा गयो भूकम्प


    शनिबार, मंसिर १६ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। बंगलादेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज शनिबार बिहान ५.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था रोयटर्स जनाएको छ ।

    समाचारमा जनाइएअनुसार भूकम्प १० किलोमिटर (६.२ माइल) गहिराइमा थियो । भूकम्पको धक्का भारतसम्म महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    तत्काल कुनै क्षतिको विवरण प्राप्त नभएको बंगलादेशका सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु कुमिल्ला जिल्ला रहेको समाचारमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार