काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय २९ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकाकै ११ सय ६ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रधान कार्यालयका ३ सय ६५ र उपत्यकाका ७ सय ४१ गरी ११ सय ६ जना सक्रिय संक्रमित छन् ।
हालसम्म २ हजार ८५ जना उपचाररत छन् भने ३ हजार २ सय ४४ जना डिस्चार्ज भैसकेका छन् ।
प्रदेश १ मा १ सय ५० जना, प्रदेश २ मा ८५ जना, बागमती प्रदेशमा १ सय ७४ जना,गण्डकी प्रदेशमा १ सय ९५ जना, लुम्बिनी प्रदेशमा २ सय ५ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १ सय २५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।