एजेन्सी। हमासले बन्धक बनाएका थप १२ जनाको रिहाइ गरेको छ। इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका मध्ये थप १२ जनालाई रिहा गरेको छ ।
त्यस्तै प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् ।
प्रारम्भिक चार दिने युद्धविरामको ४८ घन्टाको विस्तारपछि मंगलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ भने इजरायलले ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । बन्दीहरूका लागि बन्धकहरूको अर्को आदानप्रदानको अपेक्षासँगै विस्तारित सम्झौताको अन्तिम २४ घन्टा बुधबारपछि सुरु हुन्छ । यद्यपि मध्यस्थकर्ता कतारले उसले थप दिगो व्यवस्थाको अपेक्षा गरिरहेको बताएको छ ।
हमास र इस्लामिक जिहादका मास्क लगाएका सशस्त्र लडाकूहरूलाई इजिप्टको सीमा नजिकै रफाहमा बन्धकहरूलाई रेडक्रस अधिकारीहरूसमक्ष बुझाएको देखेको एएफपीका पत्रकारले बताएका छन् ।
मुक्त गरिएका इजराइली बन्धकहरूमा १७ वर्षीया मिया लिम्बर्गसहित सबै महिला थिए । लिम्बर्ग आफ्नी आमा र काकीसँग इजरायल फर्केकी थिइन् । तिनै जनालाई किबुत्ज निर यित्ज्याकबाट अपहरण गरिएको थियो । रिहा भएपछि ती किशोरीलाई उनको कुकुर बेलालाई समाएको देखिएको थियो ।
बन्धकहरूले सामना गर्नु परेको स्थितिका बारेमा अहिलेसम्म केही प्रत्यक्ष विवरण आएका छन् । सोमबार रिहा भएकी १२ वर्षीय इटन याहलोमीकी हजुरआमाले पुरुषहरूलाई १६ दिनसम्म एकान्त कारावासमा राखिएको बताइन् ।
स्थानीय मिडियाका अनुसार इजरायल सरकारलाई बुधबार रिहा हुने नयाँ बन्धकहरूको एउटा सूची प्राप्त भएको छ । यद्यपि यसको कुनै आधिकारिक पुष्टि भएको छैन । सम्झौताको सर्तअन्तर्गत अहिलेसम्म ६० इजरायली बन्धकलाई गाजाबाट मुक्त गराइएको छ । सम्झौताको दायराभन्दा बाहिर रहेर एक रुसी–इजराइल, २० थाई र एक फिलिपिनोलाई मुक्त गरिएको छ ।
बदलामा १ सय ८० प्यालेस्टिनी महिला र नाबालिग बन्दीलाई रिहा गरिएको छ । रिहा हुनेमा १४ वर्षीय अहमद सलाइमा पनि थिए । उनी पूर्वी जेरुसेलममा आफ्नो घर फर्किएका थिए र आफ्ना आफन्तहरूसँग अँगालो हालेका थिए । “
इजरायली अधिकारीहरूका अनुसार युद्धविराम सम्झौताले हमासको ७ अक्टोबरमा हमलाबाट सुरु भएको युद्धलाई अस्थायीरूपमा रोकेको छ । हमासको उक्त हमलामा इजरायलमा अधिकांश सर्वसाधारणसहित १ हजार २ सय मानिस मारिएका थिए ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend