काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा यतिखेर हुण्डी रकमको कारोबार एवं ओसार पसार मौलाएको छ।
वित्तीय अपराधीहरूले विभिन्न माध्यमबाट भारतको सीमावर्ती क्षेत्रबाट अवैध तरीकाले रकम ओसार पसार गर्न तल्लिन रहेको पछिल्लो घटना क्रमले पुष्टि गरेको छ।
यसैबीच हुण्डी कारोबार अन्तर्गत अवैध तरीकाले भित्र्याइएको १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल नेपालले वीरगञ्जबाट रुपैयाँसहित पक्राउ गरेको छ।
मंगलबार दिउँसो १ बजेको समयमा वीरगंज-१६ स्थित भन्सार रोडमा सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR05AR 8101 नं.को मोटर साइकलमा सवार भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सूचना अधिकारी डिएसपी संगम श्रेष्ठले बताए।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend