काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । कुलेश्वरमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो ।
पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजयकुमार गुप्ता हुन् । उनको साथबाट ५७ लाख रुपैयाँ नगद र १४ लाख ८० हजार रुपैयाँ बराबरका २ वटा चेक फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ । गुप्ता यसअघि पनि २०७५ साल साउन ७ गते भारतीय रुपैयाँ २ लाख र नेरु ३१ लाख रकमसहित पक्राउ परेर छुटेका थिए ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend