Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ


    शुक्रबार, माघ १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँबस्ती बस्ने विश्वास राई छन् ।

    राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार