काठमाडौं । कमल थापा पछाडि राजेन्द्र लिङ्देनले राजा र हिन्दू राज्यको नाममा राष्ट्रिय प्रजातन्त्र पार्टीको रथ हाँकिरहेका छन् । उनले हिन्दू राज्य र राजातन्त्र पुनः फर्काउने भनेर राजनीतिको रोटी सेकाउने काम गरिरहेका छन् ।
लोकतन्त्रवादी पार्टीहरुलाई सत्तोसराप गर्ने र राजतन्त्र फर्काउने भन्ने राप्रपा मालदार मन्त्रालयसहित सरकारमा जाने दाउमा भने हरबखत देखिन्छ । गत बर्ष एमालेको समर्थनमा बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ऊर्जा मन्त्री भएका लिङ्देनले पीपीएका नाममा ठूलो रकम उठाएको चर्चा भएको थियो ।
हालसालै पनि कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई समर्थन गर्ने र सभामुख लिने, सरकारमा पनि सहभागी हुने दाउमा लिङ्देन थिए । त्यतिमात्र होइन, संघीय सरकारमा पनि मालदार मन्त्रालयसहित सहभागी हुने तय भइसकेको थियो । तर एमाले र कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला समूहले केदार कार्कीलाई मुख्यमन्त्रीमा उठाएपछि लिङ्देनको सपना तुहिन पुगेको थियो । राजा र हिन्दू राज्यको नाममा लिङ्देनले लूट मच्चाउने राजनीति गरेको आरोप छ ।
राप्रपाकै एक तप्काले मंसिर ७ गतेको काठमाडौंको आन्दोलनलाई कमजोर बनाउन अध्यक्ष लिङ्देनले कुनै शक्तिकेन्द्रको योजनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई मंसिर ९ मा पृथ्वीनारायणको शालिक सिलान्यास गराउन झापा लैजान लागेको आरोप लगाएको छ । सल्लाहकारहरुको गलत सल्लाह मानेर पूर्वराजा ज्ञानेन्द्र पनि लिङ्देनको निमन्त्रणा स्वीकार्दै झापामा जान लागेको राप्रपाका एक नेताले बताए । बुद्धि नभएका सल्लाहकारको सल्लाह पूर्व राजाले सुनेको ती नेताको गुनासो छ ।
पूर्वराजाको सचिवालयमा यूरोपियनहरूको ठूलो घुसपैठ भएको आरोप पनि ती नेताले लगाए । ती नेता भन्छन्–भा.रु. १ सयको मात्र रु. १ सय ६० हुन्छ । डलरको १ सयको रु. १२ हजार हुन्छ । डलरका अगाडि इण्डियन, चाइनिज, दरवारका सचिवालय, राजेन्द्र लिङ्देन र कमल थापाहरु के गरुन् ।
राप्रपाले सिधा जनतालाई र राजालाई नढाँट्ने, गणतन्त्रवादीहरुले दिएको पदमात्रै नखाने, हिन्दू राज्य र राजाका लागि आन्दोलन गर्न सदनबाट राजीनामा दिएर जनतासँग सडकमा आउनुपर्छ यदि यो आँट गरेन भने हामीले लिङ्देनको विकल्पमा सोच्नुपर्छ, राप्रपाका ती नेताले भने–विगतमा कमल थापाले हिन्दूराज्य र राजाका नाममा २०७० मा समानुपातिकमा संसदमा २० सिट पाए, २० सिटमा १५ भन्दा बढी करोडौंको दररेट तोकेर जग्गा दलाल, मारवाडीहरुलाई सांसद बनाएर २०७४ मा राप्रपा एक सिटमा सीमित भएको थियो ।
लिङ्देनको कार्यशैली यही रहने हो भने त्यही नियति २०८४ मा ब्यहोर्नुपर्नेछ । हिन्दू राज्य राजाको नारालाई देखाउने दाँतमात्र बनाएको र पार्टीलाई पैसा कमाउने माध्यम बनाउँदै गएकाले राप्रपामा भित्रभित्रै असन्तुष्टि चुलिंदै गएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend