बिर्तामोड। झापाका सय बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार विराटनगबाट पक्राउ परेका छन् ।
झापा कनकाई नगरपालिका ३ सुरुङ्गा बजार र कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका एक सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले रकम उठाएर मोरङ पोखरीया घर भई हाल कनकाई नगरपालिका ३ मा डेरा गरी बस्ने ३९ वर्षीय सञ्जय सरदारलाई शनिवार साँझ विराटनगरको कटहरस्थित आदर्श नगरबाट प्रहरीले पक्राउ गरेको हो ।
सरदारलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सरदारले त्यहाँका अन्य मानिसहरूलाई समेत विदेश राम्रो देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको र उनी हाल लुकिछिपी बस्दै आएको प्रहरीको भनाई रहेको छ । सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा समेत उजुरी रहेको छ ।
सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गत साउन महिनाबाट बेपत्ता बनेका थिए । सरदारले रकम ठगी गर्नेहरूमध्ये २ महिला सहित १६ जनाको समूहलाई भारतको डिल्ली समेत पुर्याएर त्यहाँ मेडिकल र बायो मेट्रिक गराएको समेत नाटक गरेको स्थानीय सनम राईले बताए । भारतको डिल्लीमा त्यहीको अर्को ठगलाई बोलाएर आफूहरू बसेकै होटेलमा आएर बायोमेट्रिक गराएको र नेपाल ल्याएपछि उनीहरू चाँडो उठ्छन् भन्दै गाउँका अन्य युवाहरूबाट १ लाखदेखि ३ लाखसम्म सुरुमा डकुमेन्ट बनाउन भन्दै रकम र पासपोर्ट लिएको राईले बताए ।
दिल्लीमा पुगेर १६ जनाको समूह फकिएपछि झन् विश्वासमा परेर अधिकृतको जागिर सेना प्रहरीको जागिर समेत छाडेर गाउँले युवाहरूले रकम दिएको बताइएको छ ।
सरदारले सय जना बढी युवाको यसरी रकम उठाएर एकाएक फरार बनेपछि आफूहरू ठगिएको थाहा पाएको पीडित युवा कनकाई नगरपालिका ३ का सुवास श्रेष्ठले बताए । श्रेष्ठले आफूले विदेश जान भनेर खादै गरेको नेपाली सेनाको जागिर समेत छाडेको बताए ।
त्यस्तै सरदार हाल प्रहरी हिरासतमा रहेको र आइतबारबाट आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरले जनाएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend