काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारले टिकटक प्रतिबन्ध गर्न लागेको प्रति आपत्ति जनाएको छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयले अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गरेको भन्दै सो निर्णय अस्वीकार्य, आपत्तिजनक र दूर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘चर्चित भिडियो प्लर्टफर्म “टिकटक”लाई प्रतिबन्ध गरेर सरकारले अधिनायकवादको नयाँका अध्याय प्रारम्भ गरेको छ, जुन अस्विकार्य, आपत्तिजनक र दूर्भाग्यपूर्ण छ ।’
लोकतन्त्रमा विधि, पद्धति बसाल्ने, विकृति, विसंगति रोक्ने, नियमन गर्ने कुरा प्रधान हुने तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुरा स्विकार्य नहुने उनको भनाइ छ । ‘हिजो कसैले गरेको थियो भने त्यो गलत, आज कसैले गर्दैछ भने त्यो गलत र भोलि कसैले गर्नेछ भने त्यो पनि गलत’, श्रेष्ठले अगाडि लेखेका छन् ।
जनतालाई सेवाप्रवाह नगर्ने, सुशासन नदिने, तिनका समस्या सम्बोधन नगर्ने तर सामाजिक सन्जालमा हुने आलोचनासँग त्रसित हुनेहरुले टिकटकमा प्रतिबन्ध लगाउनु हाँस्यास्पद र विडम्बनापूर्ण भएको उनको टिप्पणी छ ।
त्यस्तै, राप्रपाले सरकारले यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । त्यस्तै, टिभी, रेडियो, पत्रपत्रिका, फेसबुक युट्युब, ट्वीटरलगायतमा आलोचना सुनिने भन्दै प्रवक्ता श्रेष्ठले ति सबै बन्द गर्ने सरकारको नीति हो भनि प्रश्न गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend