Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • काठमाडौं र भक्तपुरमा लाखौँको धनमाल चोरी


    शनिबार, कार्तिक २५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं र भक्तपुर जिल्लामा लाखौँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित माईक रेष्टुरेण्टको क्यास काउण्टरबाट करिब नगद २ लाख ५० हजार रुपैयाँ शुक्रबार दिउँसो चोरी भएको हो ।

    यस्तै प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

    यसैगरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका २४ वर्षीय विष्णु बस्नेतको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनका गहना गरी करिब ३ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

    सोही नगरपालिका-२ सानोठिमी दिब्यश्वरी प्लानिङ बस्ने ४९ वर्षीय युवराज अधिकारीको घरबाट नगद ६० हजार रुपैयाँ, १६ हजार भारतीय रुपैयाँ र विभिन्न सुन तथा हिराका गर-गहना गरी करिब २० लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार बेलुकी चोरी भएको छ ।

    यसैगरी झापाको अर्जुनधारा नगरपालिका-९ कटहरेडाँडा मिलन चोक बस्ने सीता आचार्यको घरबाट सुनको तिलहरी २ थान, औँठी १ थान, १.५ तोलाको कानमा लगाउने कुण्डल ५ वटा, चाँदीका गरगहनाहरू र नगद ७ हजार रुपैयाँ समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

    चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार