जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई पुराना दलहरूले पुन: जेल पठाउन षड्यन्त्र गरिरहेको गुनासो गरेका छन्।
योगराज ढकाल (रिगल)को आममाफी बदरसँगै रेशम पनि जेल जानसक्ने चर्चा भइरहँदा उनले टीकापुरमा आफ्नो दोष भगवान्ले पनि पुष्टि गर्न नसक्ने जिकिर गरे ।
केहीदिन अगाडि धनुषा आएका उनले सञ्चारकर्मीसँग भने- ‘म मेरो मुद्दाबारे धेरै भन्न चाहन्न । ईश्वर छन् भने मलाई लाग्छ यो देशमा यो संसारमा जिसस क्राइस्ट, बुद्ध, ब्रम्हा, विष्णु, महेश, शिव भगवान् कसैले पनि मेरो दोषलाई प्रमाणित गर्न सक्दैनन् ।’
घटना संलग्नता रहेकाले दोषी ठहर भयो र राजनीति दबाबमा राष्ट्रपतिबाट माफी पाए भन्ने भनिन्छ नी ? भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘त्यसो भए रेशम चौधरी कारागारमा झुण्डिएको हेर्न चाहनुहुन्छ ? के रेशम चौधरीको मृत्यु कारागारमै भइदिए थपडी बजाउन चाहनुहुन्छ ?’
उनले पुराना दलहरु आफूलाई जेल राखिराख्न चाहेको पनि बताए ।
‘मधेसका राजवन्दीहरुलाई अझै छाडिएको छैन,’ चौधरीले भने, ‘उनीहरू (पुराना दलहरूले) त रेशम चौधरी जेलभित्रै सडिरहोस् चाहेकै छन् ।’
उनले साढे ८ वर्ष जेल बस्ने पाँच औंलामा गन्दा आफू पनि पर्ने बताउँछन् । राज्यले सतायो तर त्यसभित्र अधिकार खोज्ने क्रममा जनताले दिएको सहमतिले आफू रिहा भएको उनले भनाई छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend