Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य


    आइतबार, कार्तिक १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट खेलको फाइनलमा उपाधि जित्नका लागि नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ ।

    त्यस्तै नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

    यसअघि समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार