काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज ऐतिहासिक भ्रमणका क्रममा चीन प्रस्थान गरेका छन् । यो भ्रमण ठूलो व्यापारिक र रणनीतिक प्रतिद्वन्द्वी चीनसँग चिसो सम्बन्ध पग्लिएको सङ्केत हो ।
उनको बेइजिङ र साङ्घाईको चार दिने भ्रमण सात वर्षमा कुनै पनि अस्ट्रेलियाली नेताको पहिलो भ्रमण हो । अर्बौं डलरको व्यापारिक नोक्सान हुनेगरी कूटनीतिक विघटन भएपछि दुई मुलुकबीचको सम्बन्ध सदृढ स्थितिमा रहेको छ भन्ने रूपमा यो भ्रमणलाई हेरिएको छ ।
गत वर्षको मे महिनाको निर्वाचनपछि अल्बानिज सरकारले प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभावको सामना गर्दै आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग मित्रतापूर्ण सम्बन्ध बनाउने प्रयासमा चीनसँग दोहोरो रणनीति अपनाएको छ ।
अघिल्लो सरकारले फाइभ जी प्रविधिको हुआवेईमाथि प्रतिबन्ध लगाउने र कोभिड १९ को उत्पत्तिको अनुसन्धान गर्ने आह्वान गरेपछि आक्रोशित चीनले सन् २०२० मा अस्ट्रेलियाली सामानहरूमा दण्डात्मक भन्सार शुल्क लगाएको थियो । तर, अस्ट्रेलियाको नयाँ सरकारअन्तर्गत स्वरमा परिवर्तनसँगै तीमध्ये अधिकांश अवरोधहरू हटाइयो ।
‘चीन-अस्ट्रेलिया सम्बन्ध अब स्थापना हुने र पुनः सुरु हुने महत्वपूर्ण मोडमा छ’, अस्ट्रेलियामा चीनका राजदूत जिओ कियानले प्रधानमन्त्री अल्बानिजको भ्रमणअघि एक लेखमा भने । उनले ‘दुवै पक्षको अथक प्रयास’ बाट चिनियाँ बजारमा अस्ट्रेलियाली कोइला, काठ र जौको निर्यात पुनः सुरु भएकामा सराहना व्यक्त गरे ।
चीनले पाँच महिनाको समीक्षापछि वाइनमाथि लगाइएको भन्सार शुल्क दरलाई पनि हटाउने सङ्केत दिएको छ । चीनले अहिले पनि आयातमाथि रोक लगाइएका केही उत्पादनमा वाइन पनि एक थियो ।
चीनसँग सहज कूटनीतिक र व्यापारिक सम्बन्ध सुरु भए पनि दुवै मुलुक रणनीतिक रूपमा एकजुट नभएको प्रधानमन्त्री अल्बानिजले स्पष्ट गरेका छन् । गत महिना वासिङ्टन भ्रमणका क्रममा उनले भने, ‘यो विषयमा मेरो स्पष्ट भनाइ छ, हामी भिन्न इतिहास, मूल्य र राजनीतिक प्रणाली भएका दुई मुलुक हौं ।’
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend