Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आवास कम्पनीका जीएम निरौला चढेको गाडी दुर्घटनाः दुई जना घाइते, एकको अवस्था गम्भीर


    सोमबार, कार्तिक १३ २०८०
    3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले दशैं मनाउनका लागि तेह्रथुममा लिएर गएको गाडीले उदयपुरको गाईघाटमा मोटरसाइकललाई ठक्कर दिंदा २ जना गम्भीर घाइते भएका छन् । वा.०१–००१–ञ २६८४ नम्बरको स्करपियो गाडी आइतबार बिहान गाईघाटमा दुर्घटना भएको हो ।

    तेह्रथुममा दशैं मनाइसकेपछि काठमाडौं फर्किने क्रममा महाप्रबन्धक निरौलाको गाडीले गाईघाटमा मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो । दुर्घटनास्थलमा गाडी र ठक्कर दिएको मोटरसाइकल क्षतबिक्षत भएको छ ।

    गाडीको ठक्करबाट घाइते भएका दुईमध्ये एकको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौं लगिसकिएको छ । महाप्रबन्धक निरौलाका गाडी चालक आवास कम्पनीका कर्मचारी होइनन् । दशैं अगाडि तेह्रथुम जाँदा कार्यालयका सवारी चालक सन्तोष गुरुङले गाडी हाँकेका थिए । तर उनको करार दशैं अगाडि नै खारेज भएकाले महाप्रबन्धक निरौलाले अर्कै चालकलाई गाडी चलाउन लगाएका थिए ।

    महाप्रबन्धक रामकृष्ण निरौला

    आइतबार बिहान गाडी दुर्घटना भएपछि महाप्रबन्धक निरौलासहित सवारीचालकलाई नियन्त्रणमा लिइएको थियो । पछि गाडी चालकलाई थुनामा राखी महाप्रबन्धकलाई छाडिसकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिनन्दन चौधरीले बताए । दुर्घटनामा घाइते भएका ब्यक्ति र सवारी चालकको नाम भने अनुसन्धानमा रहेकाले बताउन नमिल्ने अनौठो जवाफ उनले दिएका छन् ।

    दुर्घटना गराउने ड्राइभरलाई ब्याकडेटमा नियुक्ति दिने तयारी

    तेह्रथुम जाँदा आवास कम्पनीकै सवारीचालक लगेका र फर्किदा मनखुसी आफ्नै निजी सवारी चालकलाई गाडी चलाउन लगाएका महाप्रबन्धक निरौलाले अप्ठेरो पर्ने भएपछि ब्याकडेटमा ती चालकलाई नियुक्ति दिन चर्को दबाब दिइरहेका छन् ।

    कम्पनी सचिव अश्विनीकुमार खड्काले शुक्रबार (कात्तिक१०) कै मितिमा दुर्घटना गराउने चालकलाई नियुक्ति दिएर महाप्रबन्धकको आदेश तामेली गर्न लागेका छन् । सोमबार (आज बिहान) नै ती सवारी चालकलाई राष्ट्रिय आवास कम्पनीको सवारी चालकको नियुक्तिपत्र दिन लागिएको छ । कम्पनीमै नआई र नियुक्तिका लागि निवेदन नै नदिई प्रहरी नियन्त्रणमा रहेका सवारी चालकलाई नियुक्ति दिन लागिएको छ ।

    राष्ट्रिय आवास कम्पनीका सचिव अश्विनीकुमार खड्कासँग गाडी दुर्घटना गराउने सवारीचालक कार्यालयका होइनन् । तर उनलाई ब्याकडेटमा नियुक्ति दिन लागेकोबारेमा प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् ।

    दशैंअगाडि आवास कम्पनीको महाप्रबन्धकमा नियुक्ति पाएका निरौलाले हाजिर हुनासाथ करारका कर्मचारीको जागिर खोस्ने काम गरेका थिए । दशैंको मुखमा करारका कर्मचारीको जागिर खोसेपछि उनी कार्यालयमा जानसमेत सकेका थिएनन् । बोर्ड बैठक समेत उनले सहरी विकास मन्त्रालयमै राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार