काठमाडौं । राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले दशैं मनाउनका लागि तेह्रथुममा लिएर गएको गाडीले उदयपुरको गाईघाटमा मोटरसाइकललाई ठक्कर दिंदा २ जना गम्भीर घाइते भएका छन् । वा.०१–००१–ञ २६८४ नम्बरको स्करपियो गाडी आइतबार बिहान गाईघाटमा दुर्घटना भएको हो ।
तेह्रथुममा दशैं मनाइसकेपछि काठमाडौं फर्किने क्रममा महाप्रबन्धक निरौलाको गाडीले गाईघाटमा मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो । दुर्घटनास्थलमा गाडी र ठक्कर दिएको मोटरसाइकल क्षतबिक्षत भएको छ ।
गाडीको ठक्करबाट घाइते भएका दुईमध्ये एकको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौं लगिसकिएको छ । महाप्रबन्धक निरौलाका गाडी चालक आवास कम्पनीका कर्मचारी होइनन् । दशैं अगाडि तेह्रथुम जाँदा कार्यालयका सवारी चालक सन्तोष गुरुङले गाडी हाँकेका थिए । तर उनको करार दशैं अगाडि नै खारेज भएकाले महाप्रबन्धक निरौलाले अर्कै चालकलाई गाडी चलाउन लगाएका थिए ।

आइतबार बिहान गाडी दुर्घटना भएपछि महाप्रबन्धक निरौलासहित सवारीचालकलाई नियन्त्रणमा लिइएको थियो । पछि गाडी चालकलाई थुनामा राखी महाप्रबन्धकलाई छाडिसकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिनन्दन चौधरीले बताए । दुर्घटनामा घाइते भएका ब्यक्ति र सवारी चालकको नाम भने अनुसन्धानमा रहेकाले बताउन नमिल्ने अनौठो जवाफ उनले दिएका छन् ।
दुर्घटना गराउने ड्राइभरलाई ब्याकडेटमा नियुक्ति दिने तयारी
तेह्रथुम जाँदा आवास कम्पनीकै सवारीचालक लगेका र फर्किदा मनखुसी आफ्नै निजी सवारी चालकलाई गाडी चलाउन लगाएका महाप्रबन्धक निरौलाले अप्ठेरो पर्ने भएपछि ब्याकडेटमा ती चालकलाई नियुक्ति दिन चर्को दबाब दिइरहेका छन् ।
कम्पनी सचिव अश्विनीकुमार खड्काले शुक्रबार (कात्तिक१०) कै मितिमा दुर्घटना गराउने चालकलाई नियुक्ति दिएर महाप्रबन्धकको आदेश तामेली गर्न लागेका छन् । सोमबार (आज बिहान) नै ती सवारी चालकलाई राष्ट्रिय आवास कम्पनीको सवारी चालकको नियुक्तिपत्र दिन लागिएको छ । कम्पनीमै नआई र नियुक्तिका लागि निवेदन नै नदिई प्रहरी नियन्त्रणमा रहेका सवारी चालकलाई नियुक्ति दिन लागिएको छ ।
राष्ट्रिय आवास कम्पनीका सचिव अश्विनीकुमार खड्कासँग गाडी दुर्घटना गराउने सवारीचालक कार्यालयका होइनन् । तर उनलाई ब्याकडेटमा नियुक्ति दिन लागेकोबारेमा प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् ।
दशैंअगाडि आवास कम्पनीको महाप्रबन्धकमा नियुक्ति पाएका निरौलाले हाजिर हुनासाथ करारका कर्मचारीको जागिर खोस्ने काम गरेका थिए । दशैंको मुखमा करारका कर्मचारीको जागिर खोसेपछि उनी कार्यालयमा जानसमेत सकेका थिएनन् । बोर्ड बैठक समेत उनले सहरी विकास मन्त्रालयमै राखेका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend