काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लामो राजनीतिक जीवन बिताएकाहरूले अब विश्राम लिनुपर्ने सुझाव दिएका छन्।
देशलाई यथास्थितिबाट मुक्त गराउन पनि लामो राजनीतिक जीवन बिताएकाहरूले विश्राम लिनुपर्ने लिङ्देनले दाबी गरे ।
‘एउटा राजनीतिक परिवर्तनमा हाल नेतृत्वमा रहेकाहरुको योगदान रह्यो होला तर कठिन अवस्थाबाट गुज्रिरहेको देशलाई यथास्थितिबाट मुक्त गराउन लामो राजनीतिक जीवन बिताएकाहरुले विश्राम लिनुपर्छ,’ अमरिकाको टेक्सासमा भएको कार्यक्रममा उनले भने।
उनले परिवर्तनको जनचाहनालाई परम्परागत नेतृत्वले अब नेतृत्व दिन नसक्ने पनि लिङ्देनको भनाइ छ।
उनले भूगोलमा नेपाल मेची-महाकालीमा समेटिएको भए पनि भावनाको नेपाल संसारभर छरिएको र तिनलाई कसैले उपेक्षा गर्न नमिल्ने बताए।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनमा उनले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend