Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३८ केजी गाँजासहित दुई जना पक्राउ


    शनिबार, कार्तिक ४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • उदयपुर । उदयपुर जिलाको पश्चिमी बजार कटार नगरपालिका ६ देउली कुनाबाट ३८ किलो गाँजा सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरको अपरेसन मिसन ड्रग इन्टरसेप्ट अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय कटारीले गस्तकिो क्रममा बोरामा प्याक गरेको अवस्थामा अन्दाजी ३८ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका वडा नं १ का गणेश बहादुर मगर र सोही ठाउँ घर भएका वीर बहादुर मगर रहेका छन. । उनीहरुलाई कटारी प्रहरीले राती १ बजेर २० मिनटको समयमा पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कटारी उदयपुरमा राखिएको सूचना अधिकारी चौधरीले बताए ।

    यसै गरी इलाका प्रहरी कटारीको गस्ती टोलीले एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । कटारी नगरपालिका ५ भोले बस्ने २० वर्षको महेश नेपाली भन्ने टीका त्रिखत्रीलाई पक्राउ गरेको सूचना अधिकारी चौधरीले बताए ।

    त्रिखत्रीलाई उदयपुर जिल्ला अदालतले मिति २०७७ मंसिर १६ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १२ वर्ष ४ महिना ३ दिन फैसला तोकेको थियो । फरार रहेका उनलाई प्रहरीले खोजतलास गरी पक्रेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुरमा बुझाएको सूचना अधिकारी चौधरीले बताएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार