Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक विदेशी नागरिक पक्राउ


    मंगलबार, असोज ३० २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।

    उनका अनुसार आज दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्ली जान लागेको अवस्थामा छोदेनलाई १६ हजार ४३० अमेरिकी डलर, ५४ हजार ४५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो।

    छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ।

    पक्राउ परेका छोदेनसँग भारतीय राहदानी भएको डिआइजी ठकुरीले बताए।

    प्रहरीले छोदेनबाट बरामद गरेको रकम नेपाली रुपैयाँ अनुसार ३१ लाख ५० हजार बराबर रहेको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार