Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालिकोटको सिस्नेगडामा जिप दुर्घटना, एकको मृत्यु


    मंगलबार, असोज ३० २०८०
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कालिकोट । कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगडा मा डबल क्याप बलेरो जिप दुर्घटना भएको छ । बाजुरा वाट कालिकोट आउने क्रममा सान्नित्रिवेणी गाउँपालिका को सिस्नेगडामा आज बिहान ३ बजे दुर्घटना भएको हो ।

    ग १ ज ५७९५ नम्बरको वलेरो जिप सडक बाट करिब ५० मिटर तल कर्णाली नदिको किनारमा खस्दा चालकको घटना स्थलमै मृत्यु भएको छ ।

    कालिकोट जिल्लाको रास्कोट नगरपालीका फुकोट ७ घर भै हाल कैलाली बस्दै आएका चालक सक्कल शाहीको घटना स्थलमै मृत्यु भएको छ । जिपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ ।

    विस्तृत जानकारीको लागि प्रहरी टोली घटना स्थल तिर गइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार