काठमाडौँ। सरकारले गैरआवासीय नेपाल (एनआरएन)लाई आज मंगलबारबाट नेपाली नागरिकता प्रदान गर्ने भएको छ। विश्व सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता वितरण सुरू गर्न लागेका हुन्।
नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता दिन लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दियो।
अध्यक्ष आचार्यसँगै एनआरएनएका पदाधिकारीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने छ।
गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ। नागरिकता प्राप्त गरेपपिछ उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ।
गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ। गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो।
संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने उल्लेख छ।
सोही ऐनबमोजिम बनेको नियमावलीले शपथको व्यहोरा र ढाँचा तयार पारेको छ।
‘म……..ईश्वर/देश र जनताको नाममा शपथ लिन्छु÷सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण रूपमा बफादार रही श्रद्धा एवं सत्य निष्ठापूर्वक गैरआवसीय नेपाली नागरिकका रूपमा आफ्नो कर्तव्य पालना गर्नेछु,’ नियमावलीको अनुसूची ८ (च) मा रहेको शपथको व्यहोरामा उल्लेख छ।
यस्तै नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ अनुसार गैरआवासीय नेपालीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने छन्।
गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ । गैरआवासीय नेपाली नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend