Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • कोशीको मुख्यमन्त्री दौडमा कसैको पक्ष नलिने राप्रपाको निर्णय


    शुक्रबार, असोज २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैको पक्ष नलिने निर्णय गरेको छ ।

    आज बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले तटस्थ बस्ने निर्णय लिएको हो । बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले कोशी प्रदेशको विषयमा गम्भीर समीक्षा गरेको बताए ।

    उनले भने, ‘घटनाक्रमलाई हामी नजिकबाट नियालिरहेका छौं । दुईजनाले ४७/४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ । हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन । आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिन्छ ।’

    कोशीको मुख्यमन्त्री पदका लागि सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले दाबी पेश गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार