Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, सय जना घाइते


    बिहिबार, असोज २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको हाे । प्रहरीका अनुसार दुर्घटनामा सय जना घाइते भएका छन्।

    दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् ।

    यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ ।

    घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार