Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सचिव रायको सुझावः अर्थतन्त्रमा सुधार कसरी गर्ने ?


    बुधबार, असोज २४ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्रालयको नेतृत्व गरिसकेका नेपाल सरकारका सचिव सचिव तोयम रायले अर्थतन्त्रमा सुधार गर्नका लागि १५ वटा सुझावहरु दिएका छन् । हाल राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत रायले सामाजिक संजालमा लेखेका छन्ः

    १. सामान्य प्रकारका खर्चहरु जुन केही वर्ष नगर्दा पनि हुन्छ, सो लाई नियन्त्रण गर्नुपर्छ ।

    २. दोहोरो जिम्मेवारीमा रहेका निकाय, संस्था खारेज गरिनुपर्दछ ।

    ३. सल्लाहकारी पदहरुलाई पुनसंरक्षित गरिनुपर्दछ ।

    ४. उच्च नेतृत्वको सहयोगीका रुपमा रहेका अस्थायी प्रकृतिका पदहरुबाट हुने जवाफदेही लिन नपर्ने पदमा रहनेबाट हुने हस्तक्षेप र कानुनी दायित्व विनाको पदबाट हुने अभिलिखित नहुने कार्य रोकिनुपर्छ ।

    ५. सार्वजनिक ऋणको प्रयोग आयोजना विशेष निक्र्योल गरेर लाभ हानी विश्लेषण गरेर गरिनुपर्दछ ।

    ६.राजस्व प्रशासन र व्यवस्थापनमा उपलब्धिमूलक हुनेगरी पुनसंरक्षित हुनुपर्दछ ।

    ७. सेवा प्रवाह सरकार आफैंले गर्नपर्ने र हस्तान्तरण गर्न सकिने साथै सरकारले नियमन मात्र गर्दा हुने छुट्याई सो को कार्यान्वयन गरिनुपर्छ ।

    ८. बजेट बिनियोजन गर्दा आयोजना संचालनपूर्व गर्नुपर्ने तयारी एकीन गरिनुपर्दछ, यसो नगरी हुने बजेट व्यवस्थामा नियन्त्रण गरिनुपर्छ ।

    ९. कानून बमोजिम व्यक्ति विशेषलाई दिइने आर्थिक सुविधाको भूक्तानी EFT (Electronic Fund Transfer) विधिबाट गरिनु पर्दछ ।

    १०. तीनै तहको सरकारबाट सृजना हुने लामो समयसम्म भुक्तानी गरिनुपर्ने दायित्व तततत निकायको सक्षमताको आधारमा ऐन बमोजिम मात्र गरिनु पर्दछ ।

    ११. नियामक निकायको क्षमता बढाइनु पर्दछ ।

    १२. कुनै पनि सार्वजनिक पदमा (जनताबाट निर्वाचित हुने बाहेक) प्रतिस्पर्धाको आधारमा मात्र छनौट र नियुक्ति गरिनुपर्दछ ।

    १३. सार्वजनिक पदमा रहने व्यक्तिले गर्ने विविध खर्चको कानूनबाट सीमा तोकिनुपर्दछ ।

    १४. बजेट पद्धतिलाइ एजेन्सी पद्धतिमा लगिनुपर्दछ ।

    १५. घरेलु उत्पादन, रैथाने बालीको संरक्षण र यसको बजार व्यवस्था र न्यूनतम मूल्यको सुनिश्चितता गरिनु पर्दछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार