Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • कर्णाली सरकारले इजरायल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई ३ लाख दिने


    बुधबार, असोज २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

    इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

    मन्त्री जिसीका अनुसार प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार