काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई रु दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई रु २५/२५ लाख, कुशेमा गाउँपालिकालाई रु २० लाख, छेडागाड नगरपालिकालाई रु १० लाख, जुनीचाँदे गाउँपालिकालाई रु १० लाख र शिवालय गाउँपालिकालाई रु पाँच लाख हस्तान्तरण गरेको हाे ।
त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई रु २५/२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई रु २०/२० लाख, मुसिकोट नगरपालिकालाई रु १० लाख र बाँफीकोट गाउँपालिकालाई रु पाँच लाख रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताए । उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई रु १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई रु पाँच–पाँच लाख हस्तान्तरण गरिएको छ ।
भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए । यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend