काठमाडौं । कर्णाली प्रदेश सरकारले एक सयभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ । सरकार आफैँले एकीकृत छात्रवृत्ति वितरण कार्यक्रम कार्यविधि स्वीकृत गरेर सुरु गरेको छात्रवृत्ति कार्यक्रम रोकेपछि विद्यार्थीले पढाइ रोक्नुपर्ने अवस्था आएको हो ।
गत आर्थिक वर्षमा शिक्षा विकास निर्देशनालयमार्फत छात्रवृत्तिमा विद्यार्थी पढ्न पठाएको थियो तर आफैँले कार्यविधि बनाएर सुरु गरेको छात्रवृत्ति कार्यक्रम एक वर्षमै सम्झौताविपरीत रोकेपछि विद्यार्थीको बिचल्ली भएको हो । उच्च शिक्षादेखि डाक्टरसम्म छात्रवृत्तिमा पठाउन छनोट समितिमार्फत छानिएका विद्यार्थी दोस्रो वर्षमा सरकारले बजेट नछुट्याउँदा बिचमै पढाइ छोड्नुपर्ने अवस्था आएको हो ।
उच्च शिक्षा प्राविधिकतर्फको छात्रवृत्ति रकम सरकारले यो वर्षदेखि विनियोजन नगरेपछि पढ्न पुगेका विद्यार्थी अलमलमा परेका छन् । जसकारण पढ्दै गरेका १ सय ८ जना विद्यार्थी शुल्क बुझाउन नसकेर घर फर्कनुपर्ने बाध्यता रहेको छ । छात्रवृत्ति रकम नदिएको शीर्षकमा उच्च शिक्षा प्राविधिक, उच्च शिक्षा सहिद, उच्च शिक्षा खुला, उच्च शिक्षा लोपोन्मुख तथा सीमान्कृत रहेको छ ।
उच्च शिक्षा लोपोन्मुख तथा सीमान्कृततर्फ ३ जना, जनआन्दोलन र जनयुद्धका सहिदका सन्ततिका लागि उच्च शिक्षा छात्रवृत्ति ५ जना र उच्च शिक्षा जेहेनदार २० जना रहेका छन् । यो समाचार नगारिक दैनिकमा छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend