Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजिप्टमा गोली हानेर दुई इजरायली पर्यटकको हत्या


    आइतबार, असोज २१ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। इजिप्टमा गोली प्रहार गरेर दुई जना इजरायली पर्यटकसहित तीन जनाको हत्या गरिएको छ।

    समाचार संस्था एपीका अनुसार एलेक्जेन्ड्रिया सहरमा एक जना प्रहरीले आइतबार पर्यटकहरूमाथि गोली चलाएका थिए। मारिनेमा एक जना इजिप्टका नागरिक पनि छन्।

    प्रहरीले इजरायली पर्यटकमाथि गोली हान्नुको कारण खुलेको छैन। इजरायलले प्यालेस्टाइनी इस्लामिस्ट समूह हमाससँग युद्ध गरिरहेका बेला छिमेकी इजिप्टमा इजरायली पर्यटकको हत्या भएको हो।

    आक्रमणकारी प्रहरीलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार