काठमाडौं । नेपालमा आज १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्ला दिनका तुलनामा यो केही कम हो ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ५ सय ५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ। संक्रमितमध्ये ६७ हजार ५ सय ४२ जना निको भएर घर फर्किएका छन्। यस्तै कोरोनाका कारण अहिलेसम्म ५६३ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर २ हजार ३ सय ४० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।