Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायलमाथि हमला गर्ने हमासले भन्यो- यहुदीहरुले प्यालेस्टाइनको भूमि छाडेनन् भने अल्लाहले खनेको चिहान तयार छ


    आइतबार, असोज २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इजरायलमाथि अचानक खतरनाक हमला गरेर सयौंको ज्यान लिइसकेको प्यालेस्टिाइनी लडाकु समूह हमासले आफ्नो भूमि छाडेर इजरायललाई बाहिर लैजान मध्यस्थकर्तालाई चेतवानी दिएको छ।

    हमासका प्रवक्ता हुसाम बद्रानले मिडियाहरुसँग कुरा गर्दै यसपटकको लडाइ विगतका धेरै युद्दभन्दा फरक रहेको भन्दै यो लडाइ जितेरै छाड्ने तयारीका साथ भएको बताएका छन् ।

    उनका अनुसार यो निकै सोचविचार र तयारीका साथ गरिएको आक्रमण हो । उनले अरव मध्यस्थकर्ताहरुलाई आफूहरुको माग बमोजिम इजरायलले प्यालेस्टाइनीहरुको कब्जा गरेको जमिन छाडेर हिँड्ने सन्देश सुनाउन समेत आग्रह गरेका छन् । उनले इस्लामको पवित्र भूमि छाडेर यहुदीहरु हिँडेनन् भने अल्लाहको चिहान तयार रहेको बताएका छन् ।

    शनिबार बिहानै हमासले अचानक हमला गरेपछि इजरायल युद्धमा छ । सयौं मान्छेको ज्यान गइसकेको छ भने हजारौं घाइते छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार