Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इजरायल आक्रमणमा घाइते भएका नेपाली युवाको चित्कार– ‘म मरे भने सबैले मेरी आमाको औषधि गरिदिनु’


    आइतबार, असोज २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • दोहा । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी नेपाली नागरिक पनि घाइते भएका छन् । इजरायलको गाजा क्षेत्रनजिकै शनिबार बिहानदेखि शुरू भएको इजरायली सेना र हमासको लडाइँको क्रममा नेपाली नागरिकहरू कार्यरत रहेको एक कृषि फर्ममा आक्रमण हुँदा त्यहाँ कार्यरत नेपालीहरू घाइते भएको बताइएको छ ।

    उक्त इजरायल र प्यालेस्टाइनको हमासबीच युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरे भने सबैले मेरो आमाको औषधि गरिदिनु है भन्दै चित्कार गरेका छन् । शनिबार राति ९ सेकेन्डको भिडियो सन्देश जारी गर्दै म मरे भने सबैले मेरो आमाको औषधि गरिदिनु है भनेका छन् ।

    अनुहार भरि चोटैचोट भएका ती युवाले अँध्यारो कोठाबाट जारी गरेको कारुणिक भिडियोले सबैको मन रुवाएको छ । यो भिडियो इजरायलको गाजापट्टी क्षेत्रबाट आफूलाई आएको तेलअभिवमा रहेका रमेश जोशीले बताए ।

    यहाँ नेपालीहरुको अवस्था दयनीय रहेको भन्दै उनले अहिलेसम्म ३ जना नेपालीलाई उद्धार गरेर अस्पताल पुर्याएको बताए । दुई जनालाई उद्धार गर्ने काम भइरहेको र अझै ९ नेपाली बेपत्ता रहेको उनले बताए ।

    ुअहिले यहाँ युद्ध चलिरहेको छ सेना, प्रहरी त्यस क्षेत्रमा जान सक्ने अवस्था छैन,ु केहीलाई उद्धार गरियो, केहीलाई उद्धार गर्ने क्रममा छौ अझै ९ जना बेपत्ता छन् जोशीले भने, ‘मिसाइल आक्रमण हुने बित्तिकै साइरन बजिहाल्छ, ज्यान जोगाउनका लागि दौडिँदै बंकरमा नगए सुखै छैन ।’

    निरन्तर युद्ध चलिरहेकाले त्यहाँ रहेका हजारौं नेपालीहरू त्रसित बनेका छन् । विगतमा हुने आक्रमणको तुलनामा यो निकै खतरनाक मानिएको र गोलाबारी चलिरहेकाले बाहिर निस्कने अवस्था नरहेको उनले बताए ।

    यता, नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हमला १४ जना नेपाली काम गरिरहेको फर्ममा पनि आक्रमण भएको जनाएको छ। अहिलेसम्म ९ जना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी गराएको छ।

    हमलामा के कति नेपाली घाइते भए आधिकारिक विवरण लिने कार्य भइरहेको तेल अविवस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए । इजरायलमा हमास आतङ्ककारी समूहको ठूलो हमलाबाट मृत्यु हुनेको संख्या २०० भन्दा बढी पुगेको हिब्रू भाषाका सञ्चारमाध्यमहरूले जनाएका छन्।

    कम्तीमा ११ सय घाइते भएका छन्, घाइते मध्य धेरै अवस्था गम्भीर रहेको बताइएको छ । सयौं हमास बन्दुकधारीहरूले इजरायलमा घुसपैठ गरेको, धेरै बिन्दुहरू पार गर्दै र आइडीफले अत्यधिक परिष्कृत सीमा बार मानेको कुरालाई ओझेलमा पारेको बताइएको छ ।

    हमासले नेपालीसहित दर्जनौं इजरायलीहरूलाई गाजामा अपहरण गरेको दाबी गरेको छ । आइडीफले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पुष्टि गरेको छ । तर संख्या तोकेको छैन। देशको दक्षिण र केन्द्रमा हजारौं रकेटहरू प्रहार गरिएका छन्, जसमा धेरै मानिसहरू मारिएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार