काठमाडौं । हमासले शनिबार बिहान गरेको घातक रकेट आक्रमणमा परी २५० जना इजरायली नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार प्यालेस्टाइनको चरमपन्थी समूह हमासको उक्त आक्रमणमा परी एक हजारभन्दा बढी इजरायली घाइते भएका छन् ।
हमासले हिजो शनिबार बिहानै अचानक इजरायली भू–भागमा आक्रमण गरेको थियो । हमासले २० मिनेटमा ५ हजारभन्दा बढी रकेट इजरायलमा प्रहार गरेको थियो । रकेट आक्रमणसँगै हमासका लडाकूहरु हतियारसहित इजरायली भूमिमा प्रवेश गरेका थिए । बीबीसीका अनुसार हमास र इजयरायली सेनाबीच हाल २२ ठाउँमा भिडन्त भइरहेको छ ।
हमासले केही इजरायली सेनालाई पक्राउ गरि बन्दी बनाएको दाबी समेत गरेको छ । इजरायलको सेनाले पनि उक्त दाबीलाई स्वीकार गरेको छ तर कति सेना हमासको कब्जामा छन् भन्ने खुलाएको छैन ।
इजरायलले गरेको जवाफी आक्रमणमा २३० जना प्यालेस्टाइन नागरिकको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । एक हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् ।
हमासको यस खतरनाक आक्रमणमा परी इजरायलमा एक फार्ममा काम गर्ने १४ मध्ये ९ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend