Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल एयरलाइन्सले लापरवाही गरेको भन्दै हङकङले गर्यो कारबाही


    मंगलबार, असोज २० २०७७
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । हङकङले नेपाल एयरलाइन्सलाई कारबाही गरेको छ । नेपाल एयरलाइन्सले लापरवाही गरेको भन्दै कारबाही गरिएको हो । 

    गत २ अक्टोबरमा नेपाल एयरलाइन्सले हङकङ लगेका पाँच यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि हङकङले यस्तो कदम चालेको हो । 

    हङकङले दुई साताका लागि नेपाल एयरलाइन्सलाई उडान गर्न रोकेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । हङकङले उडान रोकेका कारण दुई साताका लागि तय भएको एयरलाइन्सको दुईवटा उडान प्रभावित हुने भएको छ । प्रवक्ता खड्काले निगमको विमानमार्फत हङकङ गएका सबै यात्रुको कोरोनाको पीसीआर रिपोर्ट हेरेरै पठाइएको पनि बताइन् ।

    “हामीले पीसीआर रिपोर्ट हेरेरै उडाएका थियौं । तर, एयरपोर्टमा पुगेपछि कोरोना परीक्षण गर्दा पोजेटिभ आएछ,” उनले भनिन् ।

    सोही कारण एयरलाइन्स कारबाहीमा परेको हो । नेपालबाट ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाए हङ्‍कङ जान पाइने प्रावधान थियो । सोही प्रावधानअनुसार यात्रु उडाएको तर पछि कोरोना देखिएपछि एयरलाइन्स कारबाहीमा परेको हो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार