Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६० केजी सुन तस्करी प्रकरणमा २५ जनालाई थुनामा पठाउन अदालतको आदेश


    शनिबार, असोज २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले ब्रेक सुभित्र राखेर ल्याइएको ६० केजी सुन तस्करी प्रकरणमा २५ जनालाई थुनामा पठाउने आदेश दिएको छ।

    न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले थुनछेक बहसपछि शुक्रबार उक्त आदेश गरेका हुन्। भन्सार एजेन्ट रुक्मिना सुब्बासँग भने ५ लाख रुपैयाँ धरौटी मागिएको छ।

    केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलले २९ जनालाई प्रतिवादि बनाएर सुन तस्करी र संगठित अपराधमा मुद्धा दायर गरेको थियो।

    हङकङबाट भन्सारको सामानमा लुकाएर ल्याइएको अवस्थामा राजस्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार