Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजधानी सारेकोमा असन्तुष्ट रुपन्देहीमा २३ सय नेकपा कार्यकर्ताले दिए राजीनामा


    मंगलबार, असोज २० २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सदस्य रहेका रुपन्देहीका करिब २ हजार ३ सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट सामूहिक रुपमा राजीनामा दिएका छन्। राजीनामा दिनेमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्। 

    यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा २ हजार ३ सय हाराहारी नेकपा पार्टी सदस्य छन्।

    व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र  सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए। 

    नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए। उनले संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार