काठमाडौँ । कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि नेपाल र रोमानिया सरकारबीच श्रम समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका लागि श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कुबीच द्विपक्षीय श्रम सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
श्रम बजारको फराकिलो सम्भावना रहेकोले नेपाल र रोमानीयाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि उक्त श्रम समझदारी भएको हो ।
त्यसका लागि मन्त्री भण्डारीको नेतृत्वको टोली रोमानिया पुगेको थियो । नेपालका तर्फबाट श्रम सचिव केवल प्रसाद भण्डारी, जमर्नीका राजदूत रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको उपस्थिति रहेको थियो । रोमानियको पक्षबाट श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च तहका अधिकारीहरू सहभागी रहेको श्रम मन्त्रालयले जनाएको छ ।
द्विपक्षीय वार्तामा मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझदारीका आवश्यकता र प्रभावबारे छलफल भएको थियो ।
रोमानियाको तर्फबाट नेपाली कामदारको हक, हित र सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उल्लेख्य नेपाली कामदार माग रहेको रहेको पारदर्शी रूपमा कामदार छनौट तथा छोटो अवधिमा कामदार ल्याउने प्रकृयामा समन्वय र सहकार्य गर्ने चासो व्यक्त गरेका थिए ।
यूरोपेली मुलुक, रोमानीया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहँदै आएको छ । वार्ताको क्रममा नेपालमा रोमानीयाको दूतावास स्थापना पर्ने, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानीयामा नेपाली श्रमिकका लागि सम्भावित सिपयुक्त श्रम बजारको पहिचान गर्ने लगायतका विषयमा रोमानियाको तर्फबाट चासो व्यक्त गरिएको थियो ।
महिला श्रमिकहरुलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी लगायतका विषयलाई समेत प्राथमिकतामा राखेर आपसी सहकार्य गर्ने चाहना रोमानीयाको तर्फबाट व्यक्त गरिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend