Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भद्रकालीमा सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गयो


    शुक्रबार, असोज १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ।

    बिहीबार राति साढे ७ बजे काठमाडौं‌ महानगरपालिका-२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको ७.५ टन ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो।

    सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको प्र.-३-०१‍-००१ग ३७०५ नं.को ७.५ टन ट्रकले बा.प्र -०२ -०१८ प ९२७७ नं.को स्कुटरलाई ठक्कर दिएको हो।

    उक्त ठक्करबाट स्कुटर चालक काठमाडौं महानगर-१३ ताहाचल बस्ने ३२ वर्षीया आकृती शर्माको मृत्यु भएको हो। ठक्करपछि घाइते भएकी उनको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो।

    त्यहाँ उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

    प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार