काठमाडौँ । कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको ज्यान गएको छ ।
आज बिहान अन्दाजी साढे ९ बजे कीर्तिपुर नगरपालिकास्थित ल्याबरेटोरी स्कुल अगाडि मोटरसाइकलले ठक्कर दिएर १२ वर्षीय बालकको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए।
सिन्धुपाल्चोक घर भई कीर्तिपुर बस्ने १२ वर्षीय सुरज मगरको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मगरलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो।
त्यहाँ पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मोटरसाइकलले बालकलाई ठक्कर दिएर भागेको छ। प्रत्यक्षदर्शीले ती बालकलाई मोटरसाइकलले ठक्कर दिएको बयानको आधारमा अनुसन्धान अघि बढाएको छ। सिसिटिभी फुटेजको माध्ययमबाट पनि मोटरसाइकल चालकलाई खोजी गरिरहेको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend